साउनको पहिलो सोमबार: केदारेश्वरमा भक्तजनको भीड (तस्बिरहरु)
पाेखरा | साउन ७, २०८१
पोखरा: आज साउनको पहिलो सोमबार ।
पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ ।
यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ ।

केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो ।
मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ ।
थप तस्बिरहरु:-

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...













